Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

गैरआवासीय नेपालीमा कोरोना संक्रमण बढ्दो

लन्डन, १६ कात्तिक । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण गैरआवासीय नेपालीमा पनि बढ्दै गएको पाइएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको र संक्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली रहेको राससमा उल्लेख छ ।
संघका अनुसार हालसम्म ४२ देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसबाट संक्रमित भइसकेको छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत संक्रमण मुक्त भएको संघको स्वास्थ्य समितिले जानकारी दिएको छ ।
संघका स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । यस्तै गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।
यस्तै गत हप्तासम्ममा कोरोना संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव ९ प्रतिशत पुगेको छ । संघले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन शुरू भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा नगर्न उक्त संघले आह्वान गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x