Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

आइतबार करिब तीन अर्बको शेयर कारोबार, अनलाईन कारोबारले लगानीकर्तालाई सहज

आइतबार करिब तीन अर्बको शेयर कारोबार, अनलाईन कारोबारले लगानीकर्तालाई सहज

काठमाडौं, १६ कात्तिक । यो साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजार ४.७२ अंकले घटेको छ । नेप्से परिसूचक १६४०.९५ विन्दुमा झरेको छ । १ सय ९६ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका १२ समूह मध्ये ५ समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको उपसूचक २९.४१ अंकले बढेको छ भने सबैभन्दा धेरै होटल समूहको उपसूचक १५.२९ अंकले घटेको छ ।

त्यस्तै सो दिन सबैभन्दा धेरै शेयर कारोबार शिब श्री हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको २३ करोड २७ लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ। त्यस्तै, सबैभन्दा धेरै कमाउनेमा भने यो दिन हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताहरु रहेका छन् । यो कम्पनीको शेयर मूल्य १८ अंकले बढेको छ भने सानिमा क्यापिटलका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन् । क्यापिटलको शेयर मूल्यमा ०.५६ अंकको मात्र गिरावट आएको छ ।

पछिल्लो समय अनलाईन कारोबारमा जोड दिएसँगै शेयर कारोबारमा लगानीकर्ताहरु बढेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिले १ लाख ५३ हजार र ५ सय १५ जनाले अनलाईन मार्फत शेयर कारोबार गर्दै आएका छन् । अनलाईन कारोबारले लगानीकर्तालाई सहज भएको कारण पनि पछिल्लो समय कारोबार रकममा बृद्धि भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद्ले बताए । यस्तै बैंकको घट्दो ब्याजदर र सहज कर्जाका कारण पनि शेयर खरिदमा लगानीकर्ताहरुको आकर्षण देखिएको विश्लेषण गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *