Date

आइत, मंसिर ७, २०८२
Sun, November 23, 2025

मुक्तिनाथ विकास बैंक र विभिन्न होटल तथा स्वास्थ्य संस्थाबीच छुट सम्झौता

मुक्तिनाथ विकास बैंक र विभिन्न होटल तथा स्वास्थ्य संस्थाबीच छुट सम्झौता

काठमाडौं, १६ कात्तिक । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहनका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

बैंकले ब्लुक्रस अस्पताल त्रिपुरेश्वर अस्पताल तथा स्वास्थ्य सेवामा १० प्रतिशत छुट, धुलिखेल माउण्टेन रिर्सोटमा १० प्रतिशत, स्तुपा रिर्सोट नगरकोटमा १५ प्रतिशत छुट दिने गरि सम्झौता गरेको छ। त्यस्तै, जम्बाला रिर्सोट खोटाङ्ग, ल्याण्डमार्क होटल काठमाडौं, पोखरा र चितवन होटल, रिर्सोट तथा स्पामा १५ छुट तथा ओडान ग्रुप अफ कम्पनी काठमाडौं रेस्टुरेन्ट र देव कर्नर ज्वेलरी काठमाडौं गरगहना खरिद गर्दा ३० प्रतिशत सम्म छुट पाउने जनाएको छ।

कोभिड १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउन यस्तो सम्झौताले थप प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *