माउन्टेन इनर्जीको आईपीओमा कार्तिक २६ देखि सर्वसाधारणले आवेदन दिन सक्ने
काठमाडौं, १८ कात्तिक । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपिओ कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।