Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

महामारीकै बीच बढ्यो जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन

काठमाडौं, १८ कात्तिक । कोरोना महामारीकै बीच पनि नेपालका जीवन बीमा कम्पनीहरू बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष (आव)को प्रथम त्रैमासको तुलनामा चालू आवको यसै अवधिमा बीमा शुल्क आर्जन रू. ७ अर्बभन्दा धेरै बढाएका हुन् ।
बीमा समितिका अनुसार सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले गत आवको असोज मसान्तसम्मा २४ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेकोमा चालू आवको पहिलो तीन महिनामा रू. ३२ अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् ।
समीक्षा अवधिमा उक्त कम्पनीले सो बीमाशुल्क संकलन गरेका हुन् । गत भदौसम्म उक्त जीवनबीमा कम्पनीहरूको बीमाशुल्क आर्जन रू. २० अर्ब ७८ करोड थियो ।
आवको पहिलो त्रैमासमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने पहिलो स्थानमा यस वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै रहेको छ । सो अवधिमा कम्पनीले रू. ९ अर्ब १ करोड बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा यो रू. ७ अर्ब ८१ करोड थियो ।
यस्तै सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स (एलआईसी) नेपालले रू. ५ अर्ब ५ करोड बीमाशुल्क उठाएको छ । गत आवको सोही अवधिमा कम्पनीको बीमाशुल्क आर्जन रू. ४ अर्ब १७ करोड रहेको थियो । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान भने बीमाशुल्क आर्जनमा तेस्रो स्थानमा रहेको छ । असोज मसान्तसम्मा कम्पनीले रू. ४ अर्ब ३५ करोड बीमाशुल्क उठाएको छ । गत आवको सोही अवधिमा यो रू. ४ अर्ब ९ करोड थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *