Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

ज्योति विकास बैंकले संस्थापक शेयर समूहको ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने

ज्योति विकास बैंकले संस्थापक शेयर समूहको ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने

काठमाडौं, १८ कात्तिक । ज्योति विकास बैंक लिमिटेडले हाल रहेको संस्थापक शेयर समूहको ५४.३५ प्रतिशत शेयरमध्ये ३.३५ प्रतिशत शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले संस्थापक शेयर समूहमध्येको ३.३५ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय गरेको हो ।

उक्त कार्य सम्पन्न गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पनि जानकारी गराइएको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति लगायत सो सम्बन्धमा गर्नुपर्ने अन्य आवश्यक प्रक्रिया अगाडि बढाउँन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *