उद्यमी सूर्यबहादुर केसीको निधन
काठमाडौं, १८ कात्तिक । पोखराका चर्चित उद्यमी सूर्यबहादुर केसीको गए राति पोखरा–७ स्थित निवासमा निधन भएको छ। संघीय सांसदसमेत रहेका केसीको साँझ खाना खाएर सुत्न लाग्दा सुगर घटेपछि निधन भएको बताइएको छ । उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।
केसीको बैंक तथा वित्तीय संस्थाहरुमा लगानी छ। उनले दक्षिण एसियामै पहिलो पटक चाउचाउ उत्पादन गरेका थिए । उनको कम्पनीले रारा चाउचाउ उत्पादन गर्छ। उनी लामो समय माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्ष समेत भएका थिए।
केसी राप्रपाबाट ०७४ कात्तिकमा नेपाली कांग्रेसमा प्रवेश गरेपछि समानुपतिकतर्फबाट सांसद भएका थिए। केसीका ३ छोरा छन्।