नक्कली पीसीआर रिर्पोटले निगमको बदनाम भएपछि परीक्षणमा सजगता अपनाउन प्रयोगशालालाई आग्रह
काठमाडौं, १९ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा निगमको बदनाम हुँदै गएको छ । नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले निगमलाई खबरदारी गरेका छन् ।
यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । दुबई र नारिता विमानस्थलले पनि चेतावनी पठाएका छन् ।सरकारले मान्यता दिएका प्रयोगशालामा भएको परीक्षण पनि विश्वसनीय नहुँदा नेपाल वायुसेवा निगमलाई ठूलो आर्थिक नोक्सानी र प्रतिष्ठामा पनि आँच पुगेको छ ।
यस्तै निगमले सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालासँग अनुरोध गरेको छ । पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि हुन्छ ।