Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नक्कली पीसीआर रिर्पोटले निगमको बदनाम भएपछि परीक्षणमा सजगता अपनाउन प्रयोगशालालाई आग्रह

नक्कली पीसीआर रिर्पोटले निगमको बदनाम भएपछि परीक्षणमा सजगता अपनाउन प्रयोगशालालाई आग्रह

काठमाडौं, १९ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा निगमको बदनाम हुँदै गएको छ । नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले निगमलाई खबरदारी गरेका छन् ।

यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । ​दुबई र नारिता विमानस्थलले पनि चेतावनी पठाएका छन् ।सरकारले मान्यता दिएका प्रयोगशालामा भएको परीक्षण पनि विश्वसनीय नहुँदा नेपाल वायुसेवा निगमलाई ठूलो आर्थिक नोक्सानी र प्रतिष्ठामा पनि आँच पुगेको छ ।

यस्तै निगमले सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालासँग अनुरोध गरेको छ । पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x