Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

बुधबार बजार घटेसँगै कारोबार पनि सुस्त

बुधबार बजार घटेसँगै कारोबार पनि सुस्त

कामाडौं, १९ कात्तिक । बुधबार शेयर बजार २.३९ अंकले घटेको छ । बजार घटेसँगै कारोबार पनि सुस्त भएको छ ।

कुल २ सय २कम्पनीको १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । हिजो दुई अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो ।

१२ समूहको कारोबार भएकामा ५ समूहको सूचक बढेको छ भने बाँकी घटेको छ । सबैभन्दा धेरै व्यापारिक समूह २५.३१ अंकले वृद्धि भएको छ । सबैभन्दा बैंकिङ समूहमा ३.०४ अंकको गिरावट आएको छ ।

यस्तै कारोबारमा प्राइम कमर्सियल बैंकले अग्रता लिएको छ । बैंकको ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शिवश्री हाईड्रोपावर कम्पनीको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्यमा ९ अंकले गिरवाट आएको छ ।

आज विशाल बजार कम्पनी र सानिमा जनरल इन्स्योरेन्सको शेयर भाउमा सर्किट लागेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x