Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौं : अर्थमन्त्री पौडेल

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, २० कात्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको उल्लेख गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको काम प्रभावकारी रूपमा अघि बढाउन राज्यका सम्बद्ध निकायबीच समन्वय गरिने पनि उनको भनाइ छ । सो अवसरमा खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको बताइन् ।
आर्थिक वर्ष २०७७–७८ को बजेट कार्यान्वयन, विशेषगरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिलाई तीव्रताका साथ अघि बढाउने विषयमा जोड दिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x