एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं, २० कात्तिक । एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ५.५३ प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकको हिजो बसेको बैठकले २०७६–०७७ को सञ्चित मुनाफाबाट यो लाभांश बाँड्ने निर्णय गरेको जानकारी दिइएको छ । नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
एभरेष्टले गत वर्ष २० प्रतिशत नगद र ५ प्रतिशत बोनस गरी २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।