Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेनको अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेनको अग्रता

काठमाडौं, २० कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्।

चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो। यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ। राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ। अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाएका छन्।

अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ। हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *