पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा १५.४५ प्रतिशतले बढ्यो
काठमाडौं, २१ कात्तिक । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको भन्दा १५.४५ प्रतिशतले बढी हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष बैंकले ३० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा भने १५.३४ प्रतिशतले बढाएर १५ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ ।
रिजर्भ कोषमा १ अर्ब ४४ करोड रुपैयाँ छ बैंकले रिटेन्ड अर्निङ शीर्षकमा २१ करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा २ प्रतिशतबाट बढेर २.३६ प्रतिशत भएको छ।