एक दिनमा सुनको मूल्य एक हजार बढ्यो

काठमाडौं, २१ कात्तिक । स्थानीय बजारमा शुक्रबार (आज) सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

हिजो छापावाला सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा खरिद विक्री भएको थियो भने आज प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावि सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य ४५ रुपैयाँ वृद्धि भएको हो । हिजो प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *