Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

युनाईटेड इदी–मर्दीको आईपीओ कात्तिक २७ गतेदेखि खुला हुने

युनाईटेड इदी–मर्दीको आईपीओ कात्तिक २७ गतेदेखि खुला हुने

काठमाडौं, २१ कात्तिक । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरले कात्तिक २७ गते बिहीबारबाट सर्वसाधारणका लागि आईपीओ जनारी गर्ने भएको छ । पहिलो चरण आयोजना प्रवपाति बासिन्दाका लागि शेयर जारी गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा पहिलो चरणमा बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्तासमेत साधारण शेयरमा समावेश गरिएको छ ।

निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, र १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि छुट्टाइएको छ । ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधारणहरुले आवेदन गर्न पाउनेछन् । उक्त आईपीओमा लगानीकर्ताले छिटोमा मंसिर ३ गतेसम्म र ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x