Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चीनमा परेको मुद्दामा हिमालयन र बैंक अफ काठमाण्डूको आठ वर्षपछि जित

चीनमा परेको मुद्दामा हिमालयन र बैंक अफ काठमाण्डूको आठ वर्षपछि जित

काठमाडौं, २१ कात्तिक । बैंक अफ काठमाण्डू र हिमालयन बैंकले चीनमा परेको मुद्दा ८ वर्षपछि जितेका छन् । मुद्दा जितेलगत्तै शुक्रबार बिहान दुवै बैंकलाई चीनको अदालतले खबर गरेको बताइएको छ । तर, मुद्दा हारेको पक्षले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी छ।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो । यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।

गत फेब्रुअरी १५ मा भएको बहसमा अदालतले बैंकलाई मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी गरेको सबुत प्रमाण पेश गर्न एक महिनाको समय दिएको थियो । त्यसपछि दुवै बैंकले आफ्नो खाताबाट मेलम्ची खानेपानी आयोजनालाई रकम भुक्तानी दिएको प्रमाणका लागि आवश्यक सम्पूर्ण कागजात अदालतमा पेश गरेका थिए।

योसँगै बैंक अफ काठमाण्डूले करिब ९० करोड रुपैयाँ र हिमालयन बैंकले ६६ करोड फिर्ता पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x