Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक वर्षमा नेप्से परिसूचक ३७ प्रतिशतले बढ्यो

एक वर्षमा नेप्से परिसूचक ३७ प्रतिशतले बढ्यो

काठमाडौं, १ मंसिर । गत आर्थिक वर्ष २०७६÷७७ को असोज महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७७÷७८ को असोज महिनामा नेप्से परिसूचक ३७.३३ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको असोजमा ११३७.७५ विन्दुमा रहेको नेप्से परिसूचक चालु आर्थिक वर्षमा १५६२.४६ विन्दुमा पुगेको हो ।

चालु आर्थिक वर्षको असोज महिनाको १ गते नेप्से सूचकांक १५७२.२ विन्दुमा रहेकोमा असोज २२ गते १५६२.५ विन्दुमा पुगेर महिनाकै उच्च विन्दु कायम गर्न सफल भएको थियो ।

यस अवधिमा बजार पूँजीकरणमा पनि उलेख्य वृद्धि भएको छ । गत वर्षको तुलनमा यो वर्ष बजार पूँजीकरण ४४.१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको असोजसम्ममा १४ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बजार पूँजीकरण भएकोमा यो वर्षको सोही अवधिमा बजार पूँजीकरण २० खर्ब ८२ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै नेप्से सूचाकांकलाई वार्षिक रुपमा हेर्दा २०७३ असोज महिनामा १८०३.७४ विन्दुमा थियो । तर, त्यसयता यो विन्दुमा नेप्से परिसूचक पुग्न सकेको छैन् । त्यसैगरी त्यसयता असोज महिनाको सबैभन्दा न्यून विन्दु गत वर्ष थियो । उक्त वर्ष नेप्से परिसूचक ११३७.७५ विन्दुमा रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x