Shangrila

ट्रम्पले सहकार्य नगरे थुप्रै सङ्क्रमितको ज्यान जान सक्ने बाइडनको चेतावनी

काठमाडौं, २ मंसिर । आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए थप मानिसहरूको ज्यान जान सक्ने जो बाइडनले चेतावनी दिएका छन् । डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोना भाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता भनेका छन् ।

राष्ट्रपति ट्रम्पलाई उनले अस्वीकार गर्दै आएको हारलाई स्वीकार्न पुनः आह्वान गरेका छन् । बाइडनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् ।

तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *