Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक वर्षमा ९ वटा स्थानीय तहमा बैंक शाखा विस्तार, ६ वटा स्थानीय तह बैंकिङ्गपहुँच बाहिर

एक वर्षमा ९ वटा स्थानीय तहमा बैंक शाखा विस्तार, ६ वटा स्थानीय तह बैंकिङ्गपहुँच बाहिर

काठमाडौं, २ मंसिर । गत आर्थिक वर्ष २०७६/७७ को भदौदेखि चालु आर्थिक वर्ष २०७७/७८ को भदौ महिनासम्म थप ९ वटा स्थानीय तहमा बैंकिङ्ग शाखा विस्तार भएका छन् । उक्त अवधिसम्ममा ७५३ स्थानीय तहमध्ये ७४७ स्थानीय तहमा बैंक शाखा विस्तार भएका हुन् । गत वर्षको सोही अवधिमा ७३९ स्थानीय तहमा बैंक शाखा विस्तार भएका थिए । अर्थमन्त्रालयको उक्त तथ्यांक हेर्दा अहिलेसम्म ६ वटा स्थानीय तह बैंकिङ्ग पहुँच बाहिर रहेका छन् ।

त्यस्तै गत एक वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या घटेको छ । गत वर्षको असोज मसान्तसम्ममा १६५ बैंक तथा वित्तीय संस्था रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा यो संख्या घटेर १४६ कायम भएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारमा भने उलेख्य वृद्धि भएको छ । गत वर्षको असोज मसान्तसम्ममा ८ हजार ६८६ बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको भएपनि चालु आर्थिक वर्षको सोही अवधिमा शाखा संख्या वृद्धि भएर ९ हजार ९०३ पुगेको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x