Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

महासंघ चुनावमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

महासंघ चुनावमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

काठमाडौं, १३ मंसिर । शनिवार भएको नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले जित हासिल गरेका छन् । उनी ६२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले भने ३७ मत मात्र पाएका छन् ।
वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र ढकाल समूहबाट उमेशलाल श्रेष्ठ र किशोर प्रधान समूहबाट अञ्जन श्रेष्ठ चुनावी मैदानमा उत्रिएका थिए । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा दुवै प्यानलका साता–सात जना चुनिएका छन् ।
वस्तुगततर्फ निर्वाचित सदस्यहरूमा सुमित केडिया, प्रकाशमान सिंह कार्की, नरेशलाल श्रेष्ठ, अरनिको राजभण्डारी, मनीषलाल प्रधान, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, गोविन्द ढुंगेल, विष्णु गैरे, मीनमान श्रेष्ठ, सुबोध गुप्ता, सन्दीप कुमार अग्रवाल र शकुन्तला हिराचन निर्वाचित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *