Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

महासंघको चुनाव : जिल्लानगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

महासंघको चुनाव : जिल्लानगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगरतर्फ उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । प्रधान प्यानलका श्रेष्ठले आफ्ना प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतले हराउँदै जित हासिल गरेका हुन् । श्रेष्ठले ५८ मत प्राप्त गर्दा तिवारीले भने ४७ मात्र पाएका छन्
यस समूहबाट कार्यकारिणी सदस्यमा कुल १८ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् ।
जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित हुनेमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभाकान्त पौडेल, कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत, चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य, कुविर कुमार श्रेष्ठ, डिबी बस्नेत, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *