Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं ,१४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।

यो सँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नेछन् ।

ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत पाए । यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत पाए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।

मत परिणामअनुसार महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

कार्यकारिणी सदस्यमा कुल १९ पदका लागि ३१ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये १० जना किशोर प्रधान प्यानलका र ८ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएका छन् । यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ । उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ ।

निर्वाचित हुनेमा अम्बिका प्रसाद पौडेलले सर्वाधिक मत ल्याए । यससँगै अन्य निर्वाचित एशोसिएट सदस्यहरुमा अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल ज्योत्सना श्रेष्ठ देशबन्धु बस्नेत प्रबल जंग पाण्डे भरत राज आचार्च रञ्जित आचार्य राजेश कुमार अग्रवाल विजयसिंह वैद्य छन् ।

यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा पनि महासंघको एशोसिएट समूहबाट कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x