एनआइसी एसिया बैंकको ४ कम्पनीको संस्थापक शेयर लिलामीमा
काठमाडौं, १४ मंसिर । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख ६० हजार ७५० कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुला गरेको छ । जसमध्ये यसअघि आवेदन खुला गर्दा बिक्री नभएका ३ कम्पनीको शेयर पुनः लिलामी गर्न लागिएको छ ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९२ हजार ९९४ र एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३९ हजार ४७० कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार ७२६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।
यसै साताको शुक्रबारसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसअघि लिलामीमा ल्याउँदा सूर्या लाइफ र एसियन लाइफको सेयरमा अंशिक मात्र आवेदन परेको थियो ।