Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भूकम्पपछिको निजी आवास पुनर्निर्माण ८० प्रतिशत सम्पन्न

भूकम्पपछिको निजी आवास पुनर्निर्माण ८० प्रतिशत सम्पन्न

काठमाडौं, १४ मङ्सिर । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त निजी आवास पुनर्निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । भूकम्पछि १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकोमा ८ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए । यसमध्ये ७ लाख ५७ हजार ५८६ घर पुनर्निर्माण र ७७ हजार ३२५ घर प्रबलीकरण गर्नेगरी प्रमाणीकरण भएकोमा हालसम्म ६ लाख ६ हजार ५०५ घरको पुननिर्माण सम्पन्न भएको नेपाल पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार हालसमम ७ लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन्, जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रू. ५० हजार लिएका छन् भने जग निर्माण सम्पन्न गरी ६ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् ।
हालसम्म कायम भएका लाभग्राहीले यो महिनाको अन्तिमसम्म अनुदान सम्झौता गरी पुस १५ सम्ममा पहिलो किस्ता लिइसक्नुपर्नेछ । पहिलो किस्ताले जगको काम सकी दोस्रो किस्ता लिन माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । तेस्रो किस्ता लिन २०७८ वैशाखसम्म सम्बन्धित स्थानीय तहमा निवेदन दिइसक्नुपर्नेछ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० वटा सम्पदामा क्षति पुगेको तथ्यांक छ । हालसम्म ५०० भन्दा बढी सम्पदा पुनर्निर्माण भइसकेको जानकारी प्राधिकरणले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x