सुनको मूल्य ६०० रुपैयाँ घट्यो
काठमाडौं, १४ मंसिर । पछिल्लो समय सुनको मूल्य दिन प्रतिदिन घट्न थालेको छ । गत साउन २३ गते १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको छापावाला सुन पछिल्ला केही दिन यता घट्न थालेको छ । आइतबार छापावाला सुनको मूल्य ९० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोबार दिन शुक्रबार ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज ६०० रुपैयाँ घटेर ९० हजार ७०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।
तेजावि सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँ घटेको छ । शुक्रबार १ हजार १६५ रुपैयाँमा खदिर विक्री भएको चाँदी आज प्रतितोला १ हजार १५० रुपैयाँमा खरिद विक्री भइरहेको छ ।