Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

रोकिएको कोरियाली रोजगारी प्रक्रिया शुरू हुँदै

रोकिएको कोरियाली रोजगारी प्रक्रिया शुरू हुँदै

काठमाडौं, १८ मंसिर । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम तत्काल पुनः शुरू हुने भएको छ । यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुईवर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः ६ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली (इपीएस) माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगित भएको थियो ।
बुधवार प्रवासी श्रमिक युनियन (एमटीयू) र केसीटीयुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशकलगायतसँग कोरियामा इपीएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो ।
छलफलपश्चात् ६ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियु अध्यक्ष उदय राईले बताएको राससमा उल्लेख छ । छलफलमा एमटियुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायत विषयमा जोड दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *