लोक गायक गन्धर्बको उपचारका लागि कामना सेवा विकास बैंकको ५० हजार सहयोग
काठमाडौं, २१ मंसिर । कामना सेवा विकास बैंकले लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गन्धर्बको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।
सहयोग स्वरुपको चेक बैंकका प्रदेश नं १ काप्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान– ८ स्थित डेरामा नै पुगेर हस्तान्तरण गरेका हुन ।
गन्धर्ब पछिल्लो समय मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर,थाइराइड जस्ता रोगहरूबाट पिडित छन् ।