Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सगरमाथाको नयाँ उचाइ भोली घोषणा गरिने

सगरमाथाको नयाँ उचाइ भोली घोषणा गरिने

काठमाडौं, २२ मंसिर । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ भोली घोषणा गर्ने भएको छ । नापी विभागको कार्यालय मीनभवनमा सगरमाथाको उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो । यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।

यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ कायम रही आएकोमा थोरै फेरबदल आएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x