Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको इकाई बाँडफाँड

काठमाडौं, २३ मंसिर । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड इकाई बाँडफाँड भएको छ ।

उक्त योजनाले मंसिर १२ गतेदेखि ५ करोड इकाई विक्रीमा ल्याएको थियो । जसमध्ये १५ प्रतिशत कोष प्रबर्द्धक एनआईसी एशिया बैंकको लागि सुरक्षित राखी बाँकी रहेको ४ करोड २५ लाख इकाई बाँडफाँड गरेको हो । योजनाको इकाईको लागि ७९ हजार ५ सय १४ आवेदकहरुबाट ५ करोड ६० लाख १६ हजार ५ सय ७० इकाईको लागि माग परेको थियो । जसमध्ये १०० इकाईदेखि ५ लाख इकाईसम्म माग गर्ने आवेदकहरुलाई माग बमोजिमको इकाई वितरण गरेको जानकारी गराएको छ ।

यस्तै १० लाख इकाईदेखि ४० लाख इकाई माग गर्ने आवेदकहरुलाई ६ लाख ६४ हजार ८ सय २० इकाईका दरले बाँडफाँड गरिएको छ । बाँकी इकाईको हकमा १० लाख १० इकाईदेखि ५० लाख इकाई माग गर्ने ५ जना आवेदकहरुलाई पुन १० कित्ता थप गरी कुल ४ करोड २० लाख इकाई बाँडफाँट गरेको क्यापिटलले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x