Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंक मार्फत किस्ता भुक्तानी गर्न सक्ने

कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंक मार्फत किस्ता भुक्तानी गर्न सक्ने

काठमाडौं, २६ मंसिर । एनआईसी एशिया बैंकको जुनसुकै शाखा मार्फत पनि कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने सक्ने भएका छन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी बैंकका शाखाबाट सहज रुपमा गर्न सकिने जानकारी दिइएको छ ।

कोषका ऋणीहरूले आफुलाई पायक पर्ने एनआईसी एसिया बैंकको शाखामा गई ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

बैंकले यस अघि नै नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कोषबाट कर्जा सुविधा लिएका ऋणीहरूलाई सुविधाको निमित्त किस्ता रकम कनेक्ट आइपीएसको एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा प्रदान गर्दै आएको छ ।

मुलुकभर बैंकको ३ सय ३३ शाखा कार्यालयहरू संचालनमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *