अरुणभ्याली हाइड्रोपावर कम्पनीको मूल्य समायोजन

काठमाडौं, २६ मंसिर । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि शुक्रवार नेप्सेले मूल्य समायोजन गरेको हो ।
नेप्सेले ५ प्रतिशत बोनस शेयर समायोजन गरेसँगै कम्पनीको नयाँ शेयरमूल्य २३४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्य २४६ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
कम्पनीको २३औं वार्षिक साधारणसभा साधारणसभा पुस ८ गते बिहान ११ बजे कम्पनी कार्यालय, थापाथली, ट्रेड टावरको तेस्रो तलामा भर्चुअल माध्यमबाट हुनेछ । सभाले आर्थिक वर्ष २०७६र७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।