अर्थमन्त्री पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत एन्टिननबीच शिष्टाचार भेटघाट

काठमाडौं, २६ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्र्टी एन्टिननबीच शिष्टाचार भेटघाट भएको छ। आज अर्थमन्त्रालयमा भएको उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड(ज्ञढ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। उक्त भेटमा राजदूतले फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए । उनले नेपालसंग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताए ।