सनराइज बैंकको ५४ औं शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा

काठमाडौं, २६ मंसिर । सनराइज बैंकले बझाङको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ ।
बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३,राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णु बहादुर खड्कालार्ई नियुक्त गरेको छ ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
हालसम्म बैंकले १ सय ३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १ सय ६१ वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।