साढे १३ लाख ४६ हजारभन्दा बढी कित्ता शेयर लिलाम विक्री गर्दै अपि पावर
काठमाडौं, २८ मंसिर । अपि पावर कम्पनीले करिब साढे १३ लाख कित्ता सर्वसाधारणतर्फको शेयर लिलाम विक्री गर्ने भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म निष्काशन तथा विक्री खुलाएको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारणतर्फको १३ लाख ४६ हजार २१८ कित्ता लिलामीमार्फत विक्री गर्न लागेको हो ।
उक्त शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले पुस ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले बताएको छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले लगानीकर्ताले बोलपत्र पेश गर्न सो वा सोभन्दा बढी रकम अंकित गरी पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।