Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

मेलम्चीको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने

काठमाडौं, २८ मंसिर । कोभिड–१९ का कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले बताएको छ ।
सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो । तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । उनका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा ६ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो ।
निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले बताएका छन् ।
बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुन सकेको थिएन । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले उक्त मिति पछि धकेलिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x