कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने
काठमाडौं, २९ मंसिर । कृषि विकास बैंकले १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्ष आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यस्तै बैंकले नेपाल सरकारको अग्राधिकार शेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले २४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरि कुल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।