Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

प्रभु लाइफको आइपीओ आजदेखि विक्री खुला

प्रभु लाइफको आइपीओ आजदेखि विक्री खुला

काठमाडौं, २९ मंसिर । प्रभु लाइफ इन्स्योरन्स कम्पनीको आईपीओ आजदेखि विक्री खुला भएको छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको कुल कित्तामध्ये ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्इयाएको छ । ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीमा संस्थापक तर्फको १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ पूँजी पुर्याउन सर्वसाधारणमा आईपीओ विक्री गरिएको हो ।

आइपीओ पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म विक्रीमा रहने छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x