Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निगमद्वारा काठमाडौं–दिल्ली उडानको तयारी तीव्र

निगमद्वारा काठमाडौं–दिल्ली उडानको तयारी तीव्र

काठमाडौं, २९ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आउँदो पुस २ गतेदेखि हुने काठमाडौं–दिल्ली उडानको तयारी तीव्र पारेको छ । नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आइतवारदेखि काठमाडौं उडानका लागि बुकिङ शुरू गरेको बताइएको छ ।
नेपाल एयरलाइन्सको उडान समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको राससमा उल्लेख छ । नेपाल एयरलाइन्सले बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको बताइएको छ ।
काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशबाट दैनिक दुई उडान हुनेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरू गर्न लागिएको हो ।
यो गन्तव्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए–३३० र वाइडबडी ए–३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको छ ।
बन्दाबन्दीका कारण गत चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि नेपाल एयरलाइन्सको काठमाडौं–दिल्ली उडान स्थगित भएको थियो ।
निगमले भारतका तीनसहित सात देशका ९ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । कम्पनीसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x