Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अपर राहुघाट जलविद्युत् आयोजनाको निर्माण शुरू, तीन वर्षभित्र निर्माण सकिने

अपर राहुघाट जलविद्युत् आयोजनाको निर्माण शुरू, तीन वर्षभित्र निर्माण सकिने

म्याग्दी, २९ मंसिर । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माण शुरू भएको छ । साढे ३ अर्ब लगानीमा टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले शिलन्यास गरेसँगै निर्माण शुरू गरिएको छ । आयोजनाको विद्युत्गृह भने वडा नं ७ चिमखोलामा रहनेछ । आगामी ३ वर्षभित्र आयोजनाको निर्माण सकिने कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले जानकारी दिएका छन् ।
कुइनेमंगलेको बन्दीघाँटी बाँधस्थल हुँदै करिब ५ किलोमिटर लामो टनेलबाट पानीलाई १५० मिटरको उचाइबाट चिमखोलाको मालाङमा बन्ने विद्युत्गृहमा खसालेर विद्युत उत्पादन गरिने इन्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।
आयोजनाको बाँध र विद्युत्गृह निर्माण रामेछाप शेर्पा कन्स्ट्रक्सन र टनेल निर्माणको जिम्मा साउथ एसियन इन्फ्रास्ट्रक्चरले पाएको छ । आयोजना निर्माणमा आवश्यक विस्फोटक पदार्थको भण्डारण र सुरक्षाका लागि रघुगङ्गा–७ चिमखोलामा नेपाली सेनाको क्याम्प स्थापना गर्न लागिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ ।
कम्पनीले राहुघाटमै अर्को ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि विद्युत् विकास विभागबाट अनुमति लिइसकेको छ । यस्तै कुइनेमङ्गलेमा राहुघाट नदीको सहायक ठूलोखोलामा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त ऊर्जा प्रालिले अनुमति लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x