Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

नौ महिनापछि भक्तजनाका लागि पशुपति दर्शन खुला

नौ महिनापछि भक्तजनाका लागि पशुपति दर्शन खुला

काठमाडौं, १ पुस । गत वर्ष चैतदेखि बन्द रहेको पशुपति नौ महिनादेखि आजबाट भक्तजनका लागि खुला गरिएको छ। कोरोना संक्रमण न्यूनीकरणका लागि चैत ११ मा लकडाउन भएयता पशुपति बन्द थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मन्दिर खुला गरिएको हो। मन्दिरमा बिहान ६ बजेदेखि नै श्रद्धालु आएका थिए। दर्शनार्थीहरुलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ। हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *