Shangrila

बुधबार सुन तोलामा आठ सय बढ्यो

काठमाडौं, १ पुस । सुनको मूल्य बुधबार तोलामा आठ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलामा एक सय रुपैयाँ घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *