Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण

बाँके, १ पुस । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ । मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको आयोजनाले बताएको छ ।
आयोजनाका निर्देशक लोकबहादुर थापाका अनुसार आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने प्रस्तावित गुरुयोजना अन्तर्गत पहिलो चरणको कार्य मूल नहर निर्माण सम्पन्न भएको राससमा उल्लेख छ । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत र समयावधि बढाउने तयारी थालिएको छ । यसअघि २०७६÷७७ मा सम्पन्न भई कुल रू. २५ अर्ब दुई करोड खर्च लाग्ने अनुमान गरिएकोमा प्रस्तावित दोस्रो संशोधनअनुसार रू. ३९ अर्ब लागत र २०८५र८६ मा सम्पन्न गर्ने अनुमान गरिएको छ ।
आयोजनाले पश्चिमी मूल नहर र पू्र्वी नहर निर्माण सम्पन्न भएसँगै पानी सञ्चालन गरेपछि किसानको खेतमा राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ । नहरको पानी खेतबारीमा पुगेपछि यो वर्ष समयमै धान रोपाइँ र गहँुखेती गर्न पाएका छन् ।
सिक्टा सिँचाइ आयोजना शुरू भएदेखि हालसम्म करिब ६४ प्रतिशत प्रगति भएको छ भने रू. १६ अर्ब खर्च भइसकेको छ । आयोजनाले बाँकेको ४३ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x