Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

पशुपतिनाथ महोत्सव फागुन ३० देखि

काठमाडौं, २० फागुन । पशुपति क्षेत्र विकास कोषको आयोजनामा फागुन ३० गते देखि चैत्र ६ गतेसम्म श्रीपशुपतिनाथ महोत्सव हुने भएको छ । पशुपतिनाथ महोत्सव मुल आयोजक समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्वस आयोजना गर्नेबारे जानकारी दिएको हो ।

पशुपति क्षेत्रमा हुने सो महोत्सवको आकर्षणका रुपमा श्रीमद्भागवत महापुराण, शिवमहापुराण, संगीतमय महाआरती, शिवपार्वतीको ताण्डप सहितको मुर्तिको दर्शन, धर्मध्वज, राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, जन्मेदेखि मृत्युसम्मको १६ कर्मको प्रस्तुति लगायत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *