Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पेट्रोलमा एक रुपैँया मूल्य घट्यो, आजदेखि प्रतिलिटर १०३ रुपैँया

पेट्रोलमा एक रुपैँया मूल्य घट्यो, आजदेखि प्रतिलिटर १०३ रुपैँया

काठमाडौं, २१ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैँया घटाएको छ । अन्तर्राष्ट्रिय बजारमूल्यमा आएको कमीका कारण पेट्रोलको मूल्य एक रुपैँया घटाइएको निगमले जनाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेपछि गत नोभेम्बर महिनादेखि पाक्षिक रुपमा इण्डियन आयल कर्पोरेसनको मूल्य सूची अनुसार पेट्रोलियमको बिक्री मूल्य समायोजन गर्दै आएको छ । मार्च १ को मूल्य अनुसार मूल्य समायोजन गरेपछि निगमलाई यो पाक्षिक (मार्च १ —१५) मा १५ करोड रुपैँयाभन्दा बढी नाफा रहेको छ । निगमले मूल्य बढ्दा मूल्य सूची प्राप्त भएको पहिलो या दोस्रो दिनमै मूल्य बढाउँदै आएको छ भने घटाउन भने आलटाल गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेसनबाट अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमूल्य अनुसारको मूल्य सूची प्राप्त गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x