Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी सम्झौता

काठमाडौं, २ पुस । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषद्बीच युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बिहीवार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैंकमा सिफारिस गर्नेछ र सोही उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौं युवाहरू उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले यो तालिमले युवालाई व्यवसाय र शिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल तथा राष्ट्रिय युवा परिषद्का उपसचिव कमला ज्ञवालीले युवाहरुलाई यो कर्जाले उद्यमशीलताको विकास गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृतद्धय सरस्वती अधिकारी, देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु सरोज बस्नेत, राज्य लक्ष्मी खड्गी, युवा उद्यमी संजालका संयोजक लोचन बस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x