Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, ट्राफिक चाप बढ्दै

सवारीसाधनमा जोरबिजोर प्रणाली हट्यो, ट्राफिक चाप बढ्दै

काठमाडौं, ३ पुस । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर प्रणाली आज (शुक्रवार)देखि हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बिहीबार भएको सरोकारवाला निकायको बैठकले सबैखाले सार्वजनिक सवारीमा कायम जोरबिजोर प्रणाली हटाइने निर्याण गरेको थियो ।
उपत्यकामा बढेसँगै सरकारले असोजदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो । उपत्यका तीनै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बुधबार बसेको संयुक्त बैठकको सिफारिशमा तीनै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्त रूपमा निर्णय सार्वजनिक गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर प्रणाली हटाएका हुन् ।
यात्रुको चाप बढ्दा पनि उपत्यकाका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली कायमै रहेको भन्दै मंगलवार यातायात व्यवसायीले संयुक्त रूपमा अपिल जारी गर्दै शुक्रवारदेखि जोरबिजोर प्रणाली नमान्ने घोषणा समेत गरेका थिए ।
सवारीसाधनमा लाग्दै आएको जोर बिजोर प्रणाली हटेसँगै उपत्यकाका सडकमा चल्ने सवारीसाधनको चाप बढेको छ । सवारीसाधनको चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा यसअघिको जस्तै चुनौती हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *