Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

हेटौंडा औद्योगिक क्षेत्रका ९ उद्योग अझै बन्द, २२ उद्योग प्रतिष्ठान निर्माणाधीन

हेटौंडा औद्योगिक क्षेत्रका ९ उद्योग अझै बन्द, २२ उद्योग प्रतिष्ठान निर्माणाधीन

हेटौंडा, ४ पुस । सरकारको स्वामित्वमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा लकडाउनका कारण बन्द भएका ९ उद्योग अझै सञ्चालनमा आउन सकेका छैनन् । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार उक्त औद्योगिक क्षेत्रमा हाल १०३ उद्योग प्रतिष्ठान मात्र चालू अवस्थामा छन् ।
यस्तै हेटौंडा कपडा उद्योगसहित तीन ओटा उद्योग प्रतिष्ठान पहिलेदेखि नै बन्द रहेको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रभित्र थप २२ ओटा उद्योग प्रतिष्ठान निर्माणाधीन चरणमा रहेका छन् ।
२०२० मङ्सिर २० गते स्थापना भएको हटौंडा औद्योगिक क्षेत्रमा कुल ३ हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रफलमध्ये विकसित २ हजार ८०१ दशमलव ४८ रोपनी ( भाडामा दिन मिल्ने क्षेत्रफल) र अविकसित तथा ग्रिनबेल्ट ४२६ दशमलव ५२ रोपनी जंल क्षेत्र पर्दछ ।
कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको २ हजार १७८ रोपनी, खाली जमीन २६ दशमलब ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल ५९७ रोपनी रहेको छ ।
औद्योगिक क्षेत्रभित्र हाल २० ओटा जग्गा भाडा सम्झौता भएका र निर्माणाधीन अवस्थामा रहेकासहित उत्पादनमूलक उद्योग १३२ ओटा, गैह्र उत्पादनमूलक ११ ओटा र सेवामूलक संघ÷संस्था पाँच छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x