चालू वर्षको चार महिनामा वस्तु निर्यात १०.८ प्रतिशतले बढ्यो
काठमाडौं, ६ पुस । चालू आर्थिक वर्ष २०७७÷०७८ को चार महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार सो अवधीमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १४.९ प्रतिशत र ६.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५९.२ प्रतिशतले घटेको छ । यस्तै वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ ।
कुल वस्तु आयात भने १०.६ प्रतिशतले घटेर ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको मात्र भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका
आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१ प्रतिशत, २५.० प्रतिशत र १९.८ प्रतिशतले घटेको छ ।