Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

संसद विघटनको रिट निवेदन संवैधानिक इजलाशमा पठाइयो

संसद विघटनको रिट निवेदन संवैधानिक इजलाशमा पठाइयो

काठमाडौं, ८ पौष । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी रिट निवेदनहरुलाई संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले बुधबार विघटन सम्बन्धमा परेका एक दर्जन रिटहरुमाथि सुनुवाइ गर्दै शुक्रबार गठन हुने संवैधानिक इजलाशमा पठाउने आदेश गरेको गरेको हो।

यसअघि नै एक थान मुद्दा भने संवैधानिक इजलाशमा दर्ता भएको छ। संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा सहित अन्य चार जना न्यायाधीश हुनेछन्। अहिले संवैधानिक इजलाशमा १० न्यायाधीशको रोस्टर रहेको छ। राणाले तीमध्येका चार न्यायाधीश सुनुवाइका लागि छान्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *